ढुंगा प्रहार गरी बाबुको हत्या गर्ने युवक पक्राउ
कैलाली | कात्तिक १२, २०८०
सांकेतिक तस्बिर
ढुंगा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ परेका छन्।
जानकी गाउँपालिका-३ का ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको आरोपमा उनका २४ वर्षीय छोरा गणेश चौधरी पक्राउ परेका हुन्। गणेशलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो।
घरायसी विवादमा गणेशले ढुंगा प्रहार गर्दा हिराको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे सूचना प्राप्त हुनसाथ घटनास्थल पुगेको प्रहरीले गणेशलाई सोही स्थानबाट पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

